Sunrise Bank Long Ad

जातिय विभेदका प्रकृति कस्ता-कस्ता ?

सम्झना पौडेल

उदाहरण एकः गएको १० जेठमा जाजरकोट रानागाउँका नवराज विक सहित ६ जनाको सामूहिक हत्या भयो । यो नरसंहारको एकमात्र कारण थियो जातिय विभेद । आफ्ना साथिसहित कथित उपल्लो जातकी प्रेमिकालाई लिन रुकुम चौरजहारी– ८ सोतीगाउँ गएका थिए नवराज । प्रेमिका लिन पुगेका नवराज आँफै नरसंहारको शिकार बन्न पुगे । ‘तल्लो जात’ को भन्दै प्रेमिकाकी आमाले गालीगलौज गरेपछि उनीहरू त्यहाँँबाट फर्कनेक्रममा थिए । तर फर्कने क्रममा उनीहरूमाथि घेरा हाली बर्बर आक्रमण भयो । अन्तत नवराज सहित ६ जनाले ज्यान गुमाउनु पर्यो । यो भन्दा क्रुर आक्रमण के हुन सक्ला ? मरणासन्न अवस्थामा रहेका अन्य १३ जनालाई स्थानीय प्रहरीले उद्धार ग¥यो । यो घटना कुनै दोहोरो भिडन्त थिएन । यो झगडाको जातिय विभेदले निम्ताएको नरसंहार मात्र थियो । नवराज दलित समुदायको केटा । उनकि प्रमिका कथित उपल्लो जातकी केटी । उनिहरु गहिरो प्रेम सम्बन्धमा थिए । तर जातले ज्यान लियो । यो घटनाभन्दा पहिले नवराज सोतीगाउँ जाँदा उनीहरूको अन्तरजातीय प्रेम सम्बन्धलाई टुटाउन केटी पक्षले नवराजलाई कुटपिट गरी प्रहरीमा बुझाइएको समाचारहरु पनि त्यसपछि सार्वजनिक भएका थिए ।
उदाहरण २ः केहि बर्ष अघि पनि झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी सार्की र सोही ठाउँका ईश्वर भट्टराईले आत्महत्या गरे । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएका थिए । यो दृश्य देखेर र यो खबर सुनेर सबैको आखाँ रसाएको थियो । अझैपनि अन्तरजातीय विवाहित जोडीलाई घरबाट अमानवीय व्यवहार गरी गाउ निकाला गरेको खबर बेलाबेलामा आइरहेकै छ । यस्ता घटनाले प्रतिविम्बित गरेको जातीय असहिष्णुताको पराकाष्ठालाई समयमै सशक्त आवाज उठाउन अपरिहार्य छ । कुनै पनि बहानामा मान्छे मार्न पाइदैन । यो घटनाले नेपाली समाज आज पनि तेही सोचमा रहेछ जुन सोच बाजेको पालामा थियो ।
सदियौँदेखि उत्पीडनमा रहेका दलित समुदायलाई वास्तविक रुपमै कसरी मुक्त गराउन सकिन्छ भनेर अब गहिरो र विस्तृत छलफल चलाउन जरुरी छ । आफूभन्दा तल्लोजातकी केटीलाई विवाह गरेको भन्दै परिवार र आफन्तले गाउँ निकाला गर्नेक्रम अझै पनि रहेका माथिका दुई उहाहरणले प्रष्ट पारेको छ । यस्ता उदाहरण कैयन छन्, जुन यहाँ सबै समेटन सकिन्न ।

समाज पनि कति अच्चमको छ । अरुको खुसी लुटिलुटी आफू हाँस्न खोज्ज । जातीयताकै नाममा अझै पनि अरुलाई रुवाउने काम गर्छ । भोटे, सार्की ,कामी, दमाइ, पोडे, मगर,मुस्लिम, थारु, मधेसी, आदिवासी र जनजाति, सबै मानवजाति नै त हुन्। धनी र गरिब सबै सबै मानिस हैन र ?
खासगरी मानिसको सोचमा यस्ता पुरातनवादी विचारधाराले जबसम्म जरा गाडेर बस्छ तबसम्म यस्ता घटनाहरु बारम्बार दोहोरिन्छन् । असमानता, जातीय भेदभाव तथा छुवाछूतको अन्त्य, समतामूलक, शान्तिपूर्ण र समृद्ध समाज निर्माण आजको आवश्यकता हो । छुवाछुत र भेदभावको प्रथा पहिलेदेखि चलि आएको कुप्रथा हो । आजको आधुनिक युगमा विज्ञान र प्रविधिले धेरै कुरा बुझाइसकेको भए पनि अझै यस कुप्रथामा विश्वास गर्नेहरू धेरै छन् । यहाँ तल्लो जात माथिलो जात भन्ने कोही छैन । हामी सबैको नकारात्मक सोच अनि रुढीबादी परम्परा हो ।

समस्यालाई कानुनको प्रयोगभन्दा पनि जातीय सद्भाव कायम गर्नेगरी सबैले सहयोग गर्नुपर्ने समय भैसकेको छ । प्रेम विवाह गरेका अन्तरजातीय जोडीलाई राज्यले प्रोत्साहन गर्नुको विकल्पमा छुवाछुत कसुर ऐन २०६८ विपरीत सुरक्षा निकायले समेत बेवास्तागर्नु कति सम्मको लापरबाही हो ? घर परीवार तथा छिमेकीले धर्म र संस्कार विपरीत भन्दै अमानवीय ब्यबहार गर्ने परम्पराको अब जरा उखेल्नै पर्छ । आखिर किन ? राज्य संयन्त्रहरु छुवाछूतका घटनालाई मलजल गरिरहेको छ किन दलितमाथिको थिचोमिचोमा राज्य संयन्त्र मुगदर्शक अवस्थामा छन् ।

 

 

 

१० फागुन २०७७, सोमवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु