Sunrise Bank Long Ad

जस्ट फिलिङ ट्वाँ !

सम्झना पौडेल,
मेरो पुस्ता बाटोमा हिँडदा यात्रुले पालना गर्नुपर्ने कुरा सोच्दैनन् । बसमा बस्दा कुन सिटमा बसेको छु ख्याल गर्दैन । भात खाँदा र बाथरुम जादाँ समेत मोबाइलको स्क्रिन छोड्दैन । मानौँ खाना खाइरहँदा चपाएर खायौ कि त्यसै निलेउ भनेर सोध्ने झैँ । बाथरुमजादाँ आज कस्ता खालको ट्वाइलेट भयो भनेर सोध्ने झैँ । प्रविधिको नाममा मान्छे दरिद्र बन्दै गएको त हैन । जस्ट फिलिङ ट्वाँ ।

उदाहरण एकः म न्यूरोडमा सपिङ गर्न हिडिरहेको थिए । परबाट एकजना बुढी हजुरआमा र अन्दाजि एकजना युवक आउँदै गरेको दृश्य नियाली रहे । ती युवकले कानमा इयरफोन लगाएका थिए । एक हातले हजुरआमालाई समाउँदै अर्को हात भने मोबाइलको स्क्रिनमा थियो उनको । हेर्दा लाग्थ्यो शरीर हजुरआमासँग भएपनि मन अन्तै थियो ।

अपसोच त्यस्तै भइदियो । मैले हेर्दाहेर्दै हजुरआमा लड्नुभयो । त्यसपछि ती युवकले हतपत उठाउने प्रयास गरे यो त केवल एक उदाहरण थियो। नातिले हजुरआमालाई गरेको व्यवहार देख्दा मन खिन्न भयो । मैले सोचेँ आजभोलीका युवायुवतीको ध्यान मोबाइलमा मात्रै हुन्छ ।

उदारहण दुई ः एकदिन क्याफेमा कफि लिदैँ थिए । म नजिकैको टेवलमा तीनजना युवकहरु मज्जाले गफिरहेका थिए । मानौँ क्याफे नै उनिहरुले मात्र रिजर्भ गरेजस्तो । आफ्नो अधिकारको प्रयोग गर्दा बर्तवय पनि पालना गर्नुपर्छ वा सँगैको मान्छेलाई असर गर्छ भनेर हेक्का नराख्ने मेरो पुस्ता ।

उदारहण तिनः अशक्त सिटमा एकजना तन्नेरी मज्जाले गफिँदै गरेका थिए । त्यतिकैमा बैसाखी टेकेर एकजना बा आउनुभयो । सहचालक भाईले भन्दैथिएः (हलो दाई कति लामो गफ हो ? त्यो तपाईँ बस्ने सिट होइन छिटो उठिदिनुहोस त । ) अहँ केटोले पटक्कै सुनेको हैन । सहचालक फेरी ढोकाबाट भित्र आएर झर्कदै भने कान छैन कि के हो ? एक पटक भनेपछि मान्नु पर्छ नि । खाली मोबाइलमा गफिएर हुन्छ ? कस्तो मान्छे यार ! त्यसपछि पनि केटो फोनमा बोल्दै उभियो । लाग्यो, अहिलेका पुस्तालाई मोबाइल भएपछि केहि नचाहिने रहेछ ।

उदारहण चार ः बिहान १० बजे अफिस पुग्नु पर्ने मलाई पनि हतारो नै थियो । फेरी काठमाडौँको जाम थेगिनसक्नु हुनेगर्छ । म स्कुटरमा तिनकुने मात्रै आइपुगेको थिएँ । एकजना युवा र युवती हात समाएर मस्कदै हिँडिरहेका थिए । दायाँ साइडमा हामी थियौँ । बायाँ साइडमा बस आइरहेको थियो । उनिहरू सडकपेटिबाट तल सडकबाटै हिडिरहेका थिए । बसले साइड छोडन भनेर हर्न बजायो तर पनि उनीहरुले छाडेनन् । मानौँ त्यो रोड मात्र उनीहरु दुई जनाको लागि बनेको हो । त्यहाँ बस, बाइक केही पनि चल्दैन । झण्डैं बसले हानेन । बसको ड्राइभरले लाज पचेकाहरु भनेको सुनियो तर पनि उनिहरुले केही परवाह नै गरेनन्।

आजभोलीका युवापुस्तालाई लिएर म ट्वाँ पर्ने गरेको छु । किनकि उनीहरू आफ्नो बारेमा मात्र सोच्छन् । बाटोमा हिँडदा यात्रुले पालना गर्नुपर्ने कुरा सोच्दैनन् । बसमा बस्दा कुन सिटमा बसेको छु सोच्दैनन् ।

१० चैत २०७७, मंगलवार १५:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु