Sunrise Bank Long Ad

महिलाका लागि ३३ माग गर्नु हिंसाकै उपज !

स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार नै कुण्ठित

सम्झना पौडेल,विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि महिलाविरुद्ध हुने हिंसाविरुद्ध अन्तराष्ट्रिय दिवस चलिरहेको छ । यो सँगै डिसेम्बर १० तारिखसम्म महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान जारी भएको छ । यसवर्ष ‘लैङ्गकि हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा र Orange the worldM “und, Respond, Prevent, Collect भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अभियान सुरु भएको हो । यो सँगै महिला अधिकारकर्मी, महिला आयोग, विभिन्न राजनीतिक दलका भगिनी संगठनलगायतले विविध कार्यक्रम गरिरहेका छन् । तर, कोरोना माहामारीले गर्दा महिला हिंसाविरुद्धको १६ दिने अभियान छायाँमा पर्ने हो कि भन्नेमा शंका छ ।

डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीबहिनीहरूको तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासँग यो दिवस जोडिएको बताइन्छ । संयुक्त राष्ट्रसंघले पनि सन् १९९० देखि नोभेम्बर २५ लाई महिला हिंसा विरूद्धको अन्तराष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् १९९७ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

देशको आधा शक्तिका रुपमा रहेका महिलालाई जबसम्म मूलप्रवाहमा ल्याउन सकिँदैन, तबसम्म यो देशको विकास सम्भव छैन । कुल जनसंख्याको ५१ प्रतिशत महिलाका लागि १७ प्रतिशतभन्दा तल झरेर ३३ प्रतिशतको मात्रै माग गर्नु पनि एक प्रकारको विभेद र हिंसा नै हो ।

पुरुष र महिलाले समान अवसर पाउनुपर्ने भनिँदै आए पनि कार्यान्वयन हुन नसक्दा समानताको नाराभित्र महिला अधिकार कैद भएको महशुस गर्न सकिन्छ । अझै पनि नेपाली महिलाहरु शिक्षा, स्वास्थ्य, प्रजनन, सम्पति र रोजगारी लगायतको अधिकारमा बञ्चित हुदै आएका छन् ।जति नै लोकतन्त्र र गणतन्त्रका कुरा गरे पनि यहाँ बलात्कारका घटना बढिरहेका छन् । सुगम शहरदेखि दुर्गमका वस्तीहरुसम्मका महिलाहरु बलात्कारीको चंगुलमा पर्ने गरेका छन्

अझै पनि महिलाले हत्या, कथित बोक्सीको आरोप, बालिका र महिला बलात्कृत र अनगिन्ती महिलाहरु अनेक यातनाको शिकार हुनुले नेपालमा महिला अधिकारको नाजुक स्थिति उजागर भएको छ । अनमेल विवाह, बाल विवाह, बहु विवाह, जवर्जस्ती करणी, बोक्सीको आरोप, चरित्रहीनको आरोप लगाएर महिलामाथि अनेक प्रकारका सामाजिक यातना दिने क्रम टुटेको छैन । यस्ता अपराध गर्नेहरूलाई कडाभन्दा कडा सजायँ दिनुको साटो नाम मात्रको कार्वाही हुने हुँदा यातना दिनेहरूको बढोत्तरी आइरहेको छ ।

परम्परा र पदावलिमा हिंसाः महिलामाथि प्रयोग गरिने पदावलिहरुमा पनि हिंसा हुने गरेको छ । जस्तो कि अहिले मंसिरको महिना विवाहको मौसाम छ । मानिसहरुले आफ्नी छोरीलाई कन्यादान गर्न लागेको भन्ने सुनिन्छ । तर, परम्पराका नाममा गरिने कन्यादान भन्ने पदावलि पनि एक प्रकारको हिंसा नै हो । किनभने कन्याहरु भनेका दान हुने वस्तु होइनन् । त्यसैले कन्यादान भनेको परम्परा र संस्कृतिका नाममा महिलालाई होच्याउने, दमन गर्ने अनि असक्षम बनाउने मान्यता हो ।

दाइजोः मंसिर महिनामा हुन लागिरहेको चुनावमा कतिपय दलले दाइजोको कुरालाई घोषणापत्रमै सगर्व राखेका छन् । तर, कन्यादान जस्तै दाइजो प्रथा पनि महिला हिंसाको कारकतत्व हो । मानव अधिकारका लागि महिलासम्बन्धी एनजिओहरुले जतिसुकै आवाज उठाए पनि यो समस्या जहाँको त्यहीँ छ ।

अवसरको अभावः वास्तममा लैङगिक हिंसाको अन्त्यका लागि भाषामा, नीतिमा र काममा समेत समानता हुनुपर्छ । महिलाहरु काममा सक्षम भए पनि उनीहरुलाई अवसर नदिनु पनि एक प्रकारको हिंसा भएको छ । महिला भएकै कारणले काम नपाएर हिंसामा परेका छन् ।

बढ्दो बलात्कारः नेपाली समाजमा घट्ने जघन्य अपराधमध्येको एक बलात्कार पनि हो । बलात्कारजस्तो जघन्य अपराधिक घटनाको शिकार वयस्क महिला मात्र हैन, ८० वर्ष नाघेकी वृद्धादेखि नाबालिकासम्म पनि बनेका छन् । चाहे त्यो निरीहताको फाइदा उठाउँदै होस वा विपन्नताको ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गको आधारमा भेदभाव गरिने छैन भन्ने उल्लेख गरिएको छ । तर बनेका कानुन कार्यन्वयन हुन नसक्दा कागचकै सिमित छ ।

नकारात्मक मूल्यमान्यता संस्कृतिहरु जस्तै छाउपडी, छुईप्रथा, बालविवाह आदिलाई विद्यालयले पाठयक्रमभित्र र अतिरिक्त क्रियाकलापमा समावेश गरी निरुत्साहित गर्नुपर्छ

जति नै लोकतन्त्र र गणतन्त्रका कुरा गरे पनि यहाँ बलात्कारका घटना बढिरहेका छन् । सुगम शहरदेखि दुर्गमका वस्तीहरुसम्मका महिलाहरु बलात्कारीको चंगुलमा पर्ने गरेका छन् । महिलामाथि हुने यौन हिंसालाई न्यूनीकरण गर्न सरकारले विभिन्न योजनाहरु तर्जुमा गरे पनि पूर्णतया कार्यन्वयन हुन नसक्दा घटना ज्यूँका त्यूँ रही आएको छ ।

बलात्कारपछिका घटनालाई सामाजिक प्रतिष्ठाको विषय बनाएर वा राजनैतिक ढाकछोपका कारणले पनि आपराधिक मानसिकता मौलाउँदै गएको छ । कतै जबर्जस्ती, कतै लोभलालचका कारण बलात्कारीको चंगुलमा फस्ने गरेका महिलाहरु आफ्नै परिवारका सदस्य वा नातेदारहरुबाट पनि बलात्कृत बन्ने गरेका छन् ।

घरेलु हिंसाः यस्तै घरेलु हिंसा पनि महिला हिंसा हो । घरायसी बिषयहरुमा आफन्तहरु बीचको आपसी समझदारी र सहिष्णुताको कमीका कारण देखा पर्ने सानातिना वादविवादको बढ्दो स्वरुप हिंसामा परिणत हुन्छन् र अन्ततोगत्वा भयानक अपराधिक कुकार्यमा पनि परिणत हुन सक्छन् ।

एक अध्ययन अनुसार विश्वभर प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् । प्रहरी आँकडाअनुसार महिलामाथि हुने हिंसा विरुद्ध उजुरी वर्षेनी बढ्दै गएको छ । २०७२र०७३ मा बलात्कारका मात्र १ हजार ८९ उजुरी परेका थिए भने त्यो संख्या गत आर्थिक वर्षमा १ हजार ४८३ पुगेको छ।

पारिवारिक हिंसा सम्बन्धी अनुसन्धान अनुसार प्रायःजसो बालबालिकाहरु हिंसाको अनपेच्छित शिकार बन्न पुग्छन् । बालिकामाथि पनि प्रत्यक्ष वा अप्रत्यक्ष नकारात्मक प्रभाव पारेको छ । बालिकामाथि दुर्व्यबहारको पनि महिला हिंसा नै हो । महिला र पुरुषको सम्बन्ध जुनसुकै कारण होस्, त्यस्तो अवस्थामा महिलाप्रति प्राणघातक हमला हुन सक्छ र त्यसको मार वालवालिकामा समेत पर्न सक्छ ।

शिक्षा तथा चेतनाको कमीले गर्दा नेपाली महिला हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य भएको उल्लेख गर्दै समाजमा चली आएका अन्धविश्वास, कुरीति र कुसंस्कारको अन्त्यका लागि नागरिक समाजले चेतना फैलाउनुपर्छ

लोग्ने स्वास्नीको मर्यादा बाहिर रहँदा पनि महिलाको स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार कुण्ठित हुन जान्छ । बाल अधिकारको बेचबिखन, बाल वेश्यावृत्ति र अश्लील चित्रण विरुद्ध महिलाले स्वास्नीको हैसियतबाट मुक्त हुँदा समेत अझ बढी खतराको सामना गर्नुपर्ने विडम्वनापूर्ण स्थिति रहन्छ ।

महिला हिंसा अन्त्यका लागि के गर्ने ?

महिलाको क्षमता अभिवृद्धि तथा अनुगमनको कार्यक्रमको व्यबस्था हुनुपर्दछ । महिला शिक्षा कार्यक्रम गर्नुपर्छ । नकारात्मक मूल्यमान्यता संस्कृतिहरु जस्तै छाउपडी, छुईप्रथा, बालविवाह आदिलाई विद्यालयले पाठयक्रमभित्र र अतिरिक्त क्रियाकलापमा समावेश गरी निरुत्साहित गर्नुपर्छ । विद्यालयले बालिका शिक्षा सृदृढीकरण गर्नका लागि सम्पूर्ण शैक्षिक प्रणालीमा बालिका मैत्री बनाउनु पर्दछ । जस्तै( बालिकाका लागि छुट्टै शौचालय स्यानिटरी प्याडसहितको प्राथमिक स्वास्थ्य बाकस, प्रजनन स्वास्थ्य आदिको व्यबस्था गर्नुपर्छ । यस्ता भेदभाव हटाउन पुरुष र महिला दुवै समान भन्ने अवधारणालाई राज्यले आफ्नो नीतिमा समावेश गरी कडाइका साथ लागू गर्नुपर्छ ।संसारमा महिलामाथि हुने हिंसाका अनेक रुप छन् । कतिपय मुलुकमा महिलालाई शिक्षामै वञ्चित गरिएको हुन्छ भने पुरुषसंग बोलेकै भरमा उनीहरूले चरम यातना भोग्नु परिरहेको छ । वर्षको एकपटक महिला अधिकार दिवस पनि मनाइन्छ, अनेक प्रतिवद्धता पनि जनाइन्छ तर, कार्यान्वयनमा आउन्न ।

हिंसा महिलामाथि दण्डनीय अपराध हो । यस्तो अपराध गर्नेहरूलाई कानुनबमोजिम कार्वाही हुनु आवश्यक छ । यदि हुन सकेन भने मानवअधिकारको अवस्था अत्यन्त दयनीय हुन पुग्छ । शिक्षा तथा चेतनाको कमीले गर्दा नेपाली महिला हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य भएको उल्लेख गर्दै समाजमा चली आएका अन्धविश्वास, कुरीति र कुसंस्कारको अन्त्यका लागि नागरिक समाजले चेतना फैलाउनुपर्छ ।पारिश्रमिक नलिई वा पारिश्रमिक पाउने काममा गणना नगरिने कामलाई ‘पारिश्रमिक बिनाको सेवामूलक काम’ भन्ने गरिन्छ । सोही कामको पहिचान तथा पुनर्मूल्याङ्कनका लागि देशभरबाट महिलाहरुले आवाज उठाउनु पर्दछ । महिलाहरुको पारिश्रमिकविनाको सेवामूलक कार्यको पहिचान, न्यूनीकरण र पुनःवितरणका माध्यमबाट उनीहरुको आर्थिक सशक्तीकरणको सुनिश्चितताका गर्नसक्नुपर्दछ ।

 

१३ वैशाख २०७८, सोमवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु