Sunrise Bank Long Ad

निर्मलाको जस्तो नहोस, भागरथीको अनुसन्धान

सम्झना पौडेल – बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भयो । प्रहरीलाई दिइएको रिपोर्टको कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ भनिएको छ । रिपोर्टमा भट्टको यौनाङ्ग, टाउको र हातमा गहिरो चोट लागेको देखिएको छ । शरीरको विभिन्न भागमा स–साना दागहरु रहेको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

देशमा यस्तो घटना भैरहँदा मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको कुरा याद आउन्छ । ओलीले केही समय अघि भन्नुभएको थियो–१०० वर्षमा नभएको विकास र शुसासन अहिले भएको छ । के शुशासन भनेको यहि हो ? राज्यको दायित्व होइन र कलिला मुनालाई सुरक्षा दिनुपर्ने ? अब कहिलेसम्म कानमा तेल हालेर बस्ने ? देशमा यसरी महिला तथा बालिकाले हरेक दिन ज्यान गुमाउनु पर्दा र हरेक दिन अबवारको पानामा महिला बलात्कृत भएको समाचार पढ्नु पर्दा कहिले त अखबार नै हेर्न मन नलाग्ने गरी मन विचलित हुँदो रहेछ । हरेक दिन बालिका बलात्कृत भएका समाचारले टेलिभिजनका पर्दा रंगएिकै छन् । अहिले बलात्कारको संख्या मात्रै बढेको छैन, कुनै पनि उमेर समूह सुरक्षित छैनन् । महिलाको विषयमा कलम मात्र चलाउने म र म जस्ता पात्रलाई हुने पीडा, राज्य र देशका अविभावकलाई कहिले हुने हो ?

मलाई कुनै बेला अहिलेकै गृह मन्त्री राम बहादुर थापा (बादल) ले दिनु भएको अभिव्यतिको पनि याद आउन्छ । उहाँले भन्नुभएको थियो –यस्ता घटना भैरहन्छन । हो आज फेरी यस्तै घटना भयो । ११ साउन २०७५ का दिन कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकको उखुबारीमा भेटिइन् । शवको स्वाब संकलन र प्रमाणको हिफाजत भन्दा पनि एकपछि अर्को कमजोरीका कारण निर्मलाको हत्यारा प्रहरीले पत्ता लगाउन नसकेपछि अनुमानकारीता शुरुभयो । शुरुमा मानसिक रूपमा अस्वस्थ एक व्यक्तिलाई गिरफ्तार गरियो । तर अहिलेसम्म पनि निर्मलाको बलत्कारी को हो पत्ता लाग्न सकेन । यी र यस्ता घटना थुप्रै छन् । यसरी हेर्दा महिला तथा बालबालिका प्रति बढी बढेको यौनहिंसा लगायतका घटनाप्रति सरकार संवेदनशील कहिले हुने ?

नेपालमा अहिले दैनिक कम्तीमा तीन महिलामाथि बलात्कार हुने गरेको एक रिपोर्टले देखाएको छ । कानुन भन्दा जो कोही माथि जान खोज्छ, उ कानुन त कठघरामा उभिनुपर्छ, भन्ने मेरो मान्यता हो । ८ महिने नानि देखि ७० बर्षे हजुर आमासम्मले घरमा, मन्दिरमा, बाटोमा, शौचालयमा निर्धक्कको साथ जान नपाउने नै हो त ? यस्तो स्थिति कहिलेसम्म ? तर यस्को लागि आन्दोलन र नाराबाजी मात्र उपाय हो त ? हैन पक्कै पनि हैन । यस्तो हिसांको जरैबाट हल नभएसम्म समाजमा नारीहरु खुल्ला पंक्षि झै हिड्न पाउन्नन् भन्ने मेरो मान्यता हो । महिला हिंसा गर्नेहरुलाई सामाजिक बहिष्कार अब नगरे कहिले गर्ने ?

जे होस् यस्ता अमानवीय घटनामा फोहोरी राजनीतिले प्रश्रय नपाओस् । हाम्रो देशमा यस्ता घटना बढ्दै जानु पछाडिको एक कारण कानुन फितलो हुनु र अर्को तर्फ सानालाई ऐन र ठूलालाई चैन हुनुपनि हो । पद, प्रतिष्ठा र पैसामा न्याय किनबेच भयो भने यो कानुनले कयौ निर्दाेषलाई पोल्न सक्छ । यहाँ सोचनीय कुराहरु अनगिन्ती छन् । नेपालमा पनि अब यस्ता अपराधीलाई समाजमा उभ्याएर मुत्युदण्डको सजाय दीने व्यवस्था हुनु पर्छ कि ?

संविधानमै संशोधन गरी बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्छ भन्ने आवाज चर्को रूपमा उठिरहेको बेला केही नेताहरूको मुखबाट ’बलात्कारीलाई फाँसी हुनुपर्छ र अब विधेयकमा नै संशोधन गर्नु जरुरी छ’ भन्ने आवाज उठ्न थालेका छन् । यो सकारात्मक विषय हो । जबसम्म यस्ता जघन्य अपराधिलाई कानुनमा मुत्यूदण्डको सजाय उल्लेख गरिन्न तबसम्म बारम्बार यस्ता घटना दोहोररिहने देखिन्छ । हाम्रो देशको वर्तमान कानूनमा फाँंसीको सजाय छैन । तर यस्ता घटनाका अपराधिलाई सर्वस्व सहित जन्मकैद र लिङ्ग छेदनको सजाय हुनुपर्छ । यदी यसो हुन पनि सकेन भने ज्यानै गैसकेको भागरथी लाई पटक –पटक शब्दको बलत्कार हुनेछ ।

नेपालको विद्यमान कानुनले २० वर्षको सजायलाई जन्मकैद भनेर तोकेको छ र त्यो सजाय पनि दिनरात गनेर १० वर्ष मात्रै हुन्छ । यसर्थमा बलात्कार गर्नेहरु १० बर्षको सजाय काट्छन् र निस्कन्छ । तर यतिले पुग्दैन बल्तकारीलाई जन्मकैद हुनु अनिवार्य छ । सरकार अब अध्यादेश मार्फत बालत्कारीलाई फाँसिको ब्यवस्था गर्ने पो हो कि ? त्यसैले नेपालको संविधानले मृत्युदण्डको कानुन बनाउन दिँंदैन भने बलात्कारका जघन्य अपराधमा मृत्युदण्डको विकल्प खोजिनुपर्छ । निर्मलाको जस्तो अनुसन्धान फितलो नहोस् सरकार । आशा गरौँ भागीरथिले न्याय पाउने छिन् ।

 

 

१० फागुन २०७७, सोमवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु