Sunrise Bank Long Ad

पत्रकार महासङ्को चुनावः सक्षम नेतृत्व चुन्न अर्थपूर्ण विवेकको प्रयोग गरौँ

पत्रकार महासङ्को चुनावः जता काफल पाक्यो–उतै चरी नाच्यो

सम्झना पौडेल, नेपालका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्को चुनाव यहि २५ गते हुँदैछ । चुनाव नजिकिएसँगै देशभर चहलपहल बढेको छ । त्यसो त सधै अरुको सूचना र समाचार दिने पत्रकार यतिबेला आफ्नो समाचार र सूचना दिनमै केन्द्रित छन् । हुन पनि किन नहोस् पत्रकारको त चुनाव ! अरुको भन्दा बढी सुचना र समाचार त आउने नै भयो ।

पत्रकारहरुले अब विवेकको प्रयोग गर्नुपर्ने समय आएको छ । श्रमजीवीको पेशागत सुरक्षाको लागि संघर्षमा होमिएका श्रमजिवी पत्रकार एवं मजदुरको हकहित र आत्मसम्मानका लागि सशक्त रुपमा लागिरहने नेतृत्व अबको पुस्ताले चुन्न सक्नुपर्छ । श्रमजिवीका मुद्धामा निरन्तर लाग्ने, जस्तोसुकै कठिनाई र संकटलाई कुनै प्रवाह नगरी प्रतिबद्ध रहने नेतृत्व नै आजको आवश्यकता हो ।

अझैपनि मिडियाहाउसहरुमा व्यवस्थापनले विभिन्न बाहानामा पत्रकार र मजदुरलाई निकाल्ने गरेको छ । कोरोनाको समयमा त झन यसले भयावहरुप लिएको हामि सबैलाई थाहानै छ । त्यसो त ठुला मिडियाहाउसका रूपमा कहलिने गरेका कतिपय मिडियाबाट दर्जनौ भन्दा बढि पत्रकारले सामुहिक राजिनामा दिने गरेको हाम्रो आखाँ अगाडिका उदाहरण हुन् । भित्रिभित्र हाम्रा आखाँले देख्न नसकेका र कानले सुन्न नपाएका विषयहरु कति होलान जुन आफँैमा सोचनिय पाटो हो ।

सधै अरुलाई अन्याय र अत्याचारलको विरुद्ध उत्रनु पर्छ भन्ने पत्रकारहरू आफै अन्यायमा पर्नुको कारण विविध होलान् तर यस्ता कारणहरू पहिलयाएर चिरफार गर्नु पत्रकारको दाइत्व हो । तसर्थ आसन्न यहि २५ गते हुने निवार्चनमा हामिले कस्तालाई भोट दिन्छौ ? कस्ता ब्यक्तिलाई चुन्छौ ? त्यसले समग्र पत्रकारिता क्षेत्रको प्रतिनिधित्व गर्नेछ ।

पत्रकार सडकमा भोकभोकै दिनरात दौडनु पर्ने साहुँ जी भन्नेहरू चिल्ला गाडिमा सयर हुने परिपार्टीको अन्यको लागि, हाम्रो हकहित र सुरक्षाको लागि, हाम्रो पसिनाको मुल्यको लागि, हाम्रो कलमको सहि सदुपयोगको लागि, हाम्रो आवाज सत्यको लागि बुलन्द पार्नको लागि हामिले अब विवेकको प्रयोग गर्नुपर्छ । जबजब पत्रकारलाई अन्याय र अत्याचार हुन्छ तबतब कुन नेतृत्व मैदानमा होमिने गरेको त्यो हामिले देख्दै आएका छौँ । त्यसो हो भने असल नेतृत्व किन नचुन्ने ?

पत्रकारको सेतो खोलको जलप लगायर भित्रभित्र कालोधन्दा गर्नेहरुको बिगविगि छ । यहाँ प्रेस पासवाला, एनजिओवाला, आइएनजिओवाला,ब्यापारीवाला, कर्मचारीवाला, गुन्डागर्दिवाला पनि पत्रकार छन् । महासङघ्ले गैर पत्रकारलाई पत्रकार बनायो भन्नेहरूले छातिमा हात राखेर सोचौँ त हामिले सहि नेतृत्व बनाउन कत्तिको भूमिका निर्वाह ग¥यौ भनेर । त्यसैले आफ्नो मत जाहेर गर्ने अवस्थामा आफ्नो विवेकको उचित प्रयोग गर्न हामी सक्षम हुनु पर्दछ ।

राजनीतिक अभिष्ट प्राप्तिका लागि पत्रकारिताका मुल्य मान्यताहरु हराउँदै गएका छन् । स्वतन्त्र पत्रकारिताको अभाव हुँदै गएको महसुस भएको छ । नेपालको समग्र नीतिमै हस्तक्षेप गर्ने स्वतन्त्र नेपालको प्रेसमा पनि हावी भएको प्रशस्त उदाहरणहरु भेटिन्छन । संगठित हुन पाउने पत्रकारको पनि अधिकार हो । दलिय पत्रकारहरुबाट निश्पक्ष समाचार सम्प्रेषण हुन्छ भन्नु बालुवाको घर बन्छ वा तातो पानीले डढेलो लाग्छ भन्नु जस्तै हो । तर सबै पत्रकारहरु दलको झुण्ड पक्कै पनि होइनन् । दलगत, दलभित्रको पनि गुटगत वा व्यक्तिको ढोँगीकारिता गर्ने पत्रकारहरुको भिडमा सुसुप्त देखिछन् । खासमा पत्रकारिताको ज्ञान नभएको अवस्थामा उ पत्रकार हुन नपाउने हो तर यहाँ त पार्टीको झण्डा बोकेर हिँडेमात्र पनि पत्रकार भइहाल्ने परिपाटी छ । जसले स्वतन्त्र पत्रकार र देश र समाजको लागि केहि गर्न चाहने पत्रकारहरुलाई थिचोल्दै गएको छ । अव हामी प्रस्ट हौ कि हाम्रा मत के का लागी ? कस्ताका लागी र किन ?

आशा गरौँ अबको नयाँ पुस्ताले दलको झण्डा बोकेर पत्रकारिता गर्नेहरूलाई होइन् हाम्रो हकहितलाई ध्यानमा दिने नृतृत्व चुन्नेछ । मत हाल्दै गर्दा आफ्नो मत प्राप्त गर्ने ब्यक्तीको मुल्याङ्कन गर्न जरुरी छ । सक्षम, असल र इमान्दार उम्मेदवारलाई चुन्न सकेमात्र महासङ्घको मुहार फेर्न सकिन्छ । यसर्थ पार्टिको झण्डा हेरेर मत हाल्ने संस्कार जवसम्म हामिले त्याग्न सक्दैनौ हामी पनि पत्रकारिता पेशालाई बर्वाद गर्ने झुण्डको मतियार हुनेछौ ।

नेता होईन निती हेरेर भोट गरौ । पत्रकार भनेको एउटा पद हो । पहिचान भनेको पदले झल्काउने कुरा हो । तसर्थ विवेकपूर्ण निर्णय गरौ । पद्धती, पादर्शिता, इमान्दारिता र उत्कृष्टता अबको नेतृत्वको आवश्यकता हो । देश संमृद्ध र नागरिक सचेत भएका देशमा राजनीतिको रङ लगाउनु पर्दैन । आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गरौँ ।

 

 

२२ चैत २०७७, आइतवार १२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु