Sunrise Bank Long Ad

ध्यान र योग किन ?

योग गर्ने भन्दैमा जथाभावी गर्नु राम्रो हुँदैन । हरेक कुराको आफ्नै विधी, नियम र तौर तरिका हुन्छ । योग पनि सिलसिलाबद्ध ढंगले गर्नुपर्छ ।

१। कुनै गुरुको निर्देशन एवं परामर्शमा योग अभ्यास सुरु गरौं ।

२। सूर्योदय वा सूर्योअस्तको समयमा योग गर्नु ठीक हुन्छ ।

३। योग गर्नुअघि स्नान गर्नु सर्बोत्तम हुन्छ ।

४। योग खाली पेट गरौं । योग गर्नु २ घण्टाअघि केहि नखाने ।

५। योगका लागि आरमदायक सुती कपडा लगाउनु राम्रो हो ।

६। तन जस्तै मन पनि स्वच्छ हुनुपर्छ । योग गर्नुअघि नराम्रो बिचार त्याग्नुपर्छ ।

७। कुनै शान्त वातावरण र सफा स्थानमा योग गरौं ।

८। योग गरिरहँदा धैयता र दृढता आवश्यक हुन्छ ।

९। निरन्तर योग अभ्यास जारी राखौं ।

१०। योग गरिसकेको ३० मिनेटसम्म केहि नखाने ।

११। प्राणायाम जहिले पनि आसन अभ्यास पछि मात्र गर्ने ।

१२। यदि कुनै रोग छ भने चिकित्सको सल्लाह लिएर मात्र योग थाल्नुपर्छ ।

१३। योगअभ्यासको अन्त्यमा शवासन गर्नैपर्छ ।

योगको प्रकार

योग चार किसिमको हुन्छ, राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

 

योग कहिले सुरु गर्ने रु

योग गर्नका लागि सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । यदि बिहान सूर्योदयअघि योग गर्न सकिएन भने सूर्योस्तको समयमा पनि योग गर्न सकिन्छ ।

योग गर्नुअघि मनलाई शान्त राख्नुपर्छ । सम्पूर्ण ध्यान योगमा केन्द्रित गर्नुपर्छ ।

– योगअभ्यास धैर्यतापूर्वक गर्नुपर्छ । यदि शरीर लचिलो छैन भने जबरजस्तै कुनैपनि आसन गर्नु हुँदैन । बरु, विस्तारै बिस्तारै अभ्यास गर्नुपर्छ ।

– सुरुमा त्यही आसन गर्नुहोस्, जुन तपाई सजिलैसँग गर्नुहुन्छ ।

 

– सूरुवातमा दुई आसनको बिच केहि सेकेन्ड आरम गर्नुपर्छ ।

– आसन गरेको समय सास लयबद्ध हुनुपर्छ ।

– मासिक धर्मको बेला वा गर्भावस्थामा योग गर्दा गुरुको परामर्श आवश्यक हुन्छ ।

– १० बर्षभन्दा कम उमेरका बच्चालाई जबरजस्ती कुनैपनि आसन गर्न लगाउनु हुन्न ।

– योगसँगै खानपानमा संयम अपनाउनुपर्छ ।

– पुरा निन्द्रा लिनुपर्छ । शरीरलाई व्यायाम र पौष्टिक आहारका साथै आरमको पनि जरुरी हुन्छ ।

योगका फाइदा

– जीवन सन्तुलन बनाइराख्नका लागि योगको मुख्य भूमिका हुन्छ । योगका कारण नै सकारात्मक उर्जा प्राप्त भई उर्जाशील र सही तरिकाले काम गर्ने तागत मिल्छ ।

– शरीर लचकदार हुन्छ ।

– स्वास लिने र फाल्ने योगाभ्यासले इन्रडफिन हर्मोन निकालेर मन शान्त बनाउँछ ।

– ध्यानले मन शान्त र शरीर रिल्याक्स पार्छ । यसले गर्दा मानसिक स्वास्थ्य राम्रो रहन्छ ।

– झडङ्ग रिसाउने मानिस पनि संयमित भई रिसाउने बानी कम हुन्छ ।

– स्लिपिङ क्वालिटी ९निद्राको गुणस्तर० राम्रो बनाउँछ । मन आनन्दित भएपछि मस्त निद्रा लाग्छ ।

– शरीररको बनावट राम्रो बनाउँछ ।

– नियमित रुपमा योग गर्दा शरीरको तौल नियन्त्रणमा रहन्छ ।

– रोगप्रतिरोधक क्षमता र स्मरणशक्ति बढाउँछ ।

– ढाड दुख्ने समस्या पनि कम हुन्छ ।

– बिहान सबेरै उठेर योग गर्नु उपयुक्त हुन्छ । नियमित रुपमा ३० मिनेट गर्नुपर्छ । ८ वर्षदेखि माथि जुनसुकै उमेरकाले पनि योग गर्न सकिन्छ ।

– उमेर र रोग अनुसार गरिने योग फरक हुने भएकाले सुरुमा योग गर्दा प्रशिक्षकबाट सिकेर गर्नु प्रभावकारी हुन्छ ।

१३ वैशाख २०७८, सोमवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु