Sunrise Bank Long Ad

कोरोना-मिडिया र सामाजिक सञ्जाल

सम्झना पौडेल,आज मेरो देशमात्र होइन विश्वनै सुुनसान छ । त्रसित छन् मनहरु । सडकहरु सुनसान छन । अत्यावश्यकिय सवारी साधनहरु चलेका छन । सधै जसो ब्यस्त हुने सरकारी अस्पतालहरु पनि प्राय सुनसान छ । अस्पतालहरुमा पनि बिरामीको चाप न्यून छ । प्रहरीले गस्ती, चेकजाचमा कडाई गरेको देखिन्छ । विश्वका शत्तिशाली मुलुकहरुले पनि कोरोनाको औषधि पत्ता लगाउन सकिरहेको अवस्था छैन । केही घरायसी उपाय र सावधानि बाहेक यसबाट बच्ने अन्य उपाय छैन । मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, घरभित्र बस्ने जस्ता उपाय अवलम्वन गर्नु बाहेक केही गर्न सकेको अवस्था छैन ।

कोरोनाको सम्भावित फैलावटलाई मध्यनजर गरेर सरकारले मुलकलाई लकडाउन गरेको छ । सुरुवातमा चैत १८ सम्म तोकिएको लकडाउन बैशाख २५ सम्म भयो । यसका बीचमा देशभित्रका उद्योग, कलकारखानाहरू पनि ठप्प भएका छन् । सुरुवाति दिनमा घरमा बस्न धेरै गाह्रो भएतापनि पछिल्ला दिनहरुमा बानि परेर होला घरमै रमाइलो भैरहेको छ । मान्छेको जात भौतिक सुखसयलमा आफुलाई महान ठान्दछ तर कोरोनाले भने त्यस कुरालाई परास्त गरिदिएको छ ।

दैनिक रुपमा काममा ब्यस्थ मानिसहरु पनि कामकाज छोडेर घरमा बस्न बाध्य छन् । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका धेरै मानिसहरु घरमै बस्न बाध्यछन् । यो अवस्थामा दैनिक जीवनमा असहजत हुने नै भयो । काम गर्ने उद्योग बन्द भएपछि दैनिकी कष्टकर बन्दै गएको छ । दिनभरि कमाएर ल्याएको पैसाबाट गुजारा चलाउँदै आएका धेरैलाई अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ । घरमा थोरै जोहो गरेर राखेको चामल दाल सकिएपछि थप चिन्तित बनेका छन् । ज्याला मजदुरी गरेरै गरिबी र अभावग्रस्त रूपमा परिवार चलाउँदै आएका समुदायको जनजीवन अति नै कष्टकर बनेको छ ।

यद्यपि, जनजीवन सहज पार्नेतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको पो होकि भन्ने प्रश्न खडा भएको छ । सरकारी कार्यालयहरु सुनसान छन । विश्वमा कोरोना संक्रमण भयावह स्थितिमा छ । अपवादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् । भौतिक सुबिधाको कारण कोलाहलमय शहर पनि बल्ल आराम गर्न पाउँदो हो । प्रदुषणले भरिएको देशकै राजधानिको सडकहरु निकै सफा र राम्रा देखिएका छन् । उपत्यका छाडेर गाउँ फर्कनेको संख्या दिनानुदिन बडेको छ । प्राय ः दशैको समयमा मात्र देख्न पाइने दृश्यहरु आजभोलि देख्न पाइन्छ । सरकारले अत्यावश्यक बोहेकका सवारी आवागमनमा रोक लगाएपछि तरकारी आउने गाडिहरु, ठुला ट्रक तथा टिपरहरुमा मानिस खशिबोका कोचिय झै गाउँमा जान बाध्य भए । अब हामी बदलिन जरुरि छ । प्रत्यक विपत्तिले पाठ सिकाएर जान्छ भनेको जस्तो हामिले यसबाट राम्रो पाठ सिक्ब्न जरुरी छ । आफ्नो खेतबारी बाँझो राख्नु हुँदैन ।

मिडिया र सामाजिक सञ्जाल
कोभिड –१९ (कोरोना) संक्रमणमा गलत किसिमबाट मिडिया तथा सामाजिक सञ्जालमा सामग्रीहरू सम्प्रेषण भैरहेका छन् । यस्तो महामारीको बेला धेरै भ्रम र हल्ला चल्छन । त्यस्ता हल्ला र भ्रमले चिन्ता र डर पैदा गराउन्छ । तसर्थ सेलेक्टेड मिडियाका सामग्रीहरु मात्र हेर्नुपर्दछ । सबै पेजहरुलाई लाइक गर्नाले पनि तपाइको सञ्जालमा भ्रामक सामग्रिहरु आउनसक्छ । तसर्थ मिडियालाई छानेर मात्र पेज लाइक गर्ने हो भने पनि तपाईकोमा गलत सामग्री आउन पाउँदैन । सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमणसम्बन्धी समाचार, जानकारीलाई शेयर, लाइक वा रिट्विट धेरै हुने गर्दछन् । डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई निरुत्साहित गर्नुपर्दछ ।
मिडियाले के गर्ने ?

एउटा बन्दुकबाट छुटेको गोलिले भन्दा एउटा कलमबाट निस्केको गलत सूचनाले बढि असर गर्छ । अब पत्रकारितालाई कसरी जवाफदेही र मर्यादित बनाउने भन्ने विषयमा गम्भिर हुन जरुरी छ । कोरोना भाइरस संक्रमणको यस्तो संवेदनशील घडीमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गर्नुपर्दछ । कर्तव्य र उत्तरदायित्वसहितको पत्रकारिता, आजको आवश्यकता हो । सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भैदिँदा जनमानसमा भ्रम सिर्जना हुन गएको देखिन्छ । जस्ले गर्दा विश्वसनीयतामाथि प्रश्नचिन्ह उठ्न सक्छ । तसर्थ सत्यतथ्य सूचना दिनुनै पत्रकारको धर्म हो । पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ ।
पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्नुपर्दछ । पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना संक्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्या्दित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ ।

१३ वैशाख २०७८, सोमवार १५:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु