Sunrise Bank Long Ad

लकडाउनमा बालबालिकालाई घरमै कसरी पढ्न सिकाउने ?

कसरी घरमै प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित गर्ने
कोभिड-१९ ले गर्दा वयस्क तथा बालबालिकाको दैनिकीमा परिवर्तन आएको छ । सबभन्दा पहिले त घरमै दिनभर बालबालिकाले के गर्ने भन्ने दैनिकी बनाउने कुराबाट शुरु गर्नुहोस् । दैनिकी लचिलो तर निरन्तर पुरा गर्ने किसिमले बालबालिका आफैलाई बनाउन लगाउनुहोस् । दैनिकी बनाउँदा निम्न चार विकासात्मक पक्ष समेटेर बनाउन लगाउनुहोस् । स्वतन्त्र समय पनि राख्न लगाउनुहोस् ।

शारीरिक विकास
सदाझै पोषिलो खाना खाने,
समयमै सुत्ने र समयमै उठ्ने,
व्यायाम, नाँच तथा योग जस्ता क्रियाकलापहरु गर्ने,
औंला प्रयोग हुने सिर्जनात्मक क्रियाकलापहरु जस्तैः चित्र बनाउने, रङ भर्ने, आदि गर्ने,
व्यक्तिगत सरसफाइ गर्ने, विशेषगरि साबुन पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने ।
त्जष्क ष्mबनभ कजयधक अजष्मिचभल धष्तज तजभष्च नचबलमmयतजभच ष्कितभलष्लन तय कतयचष्भक बलम उबिथष्लन धष्तज कतयलभक
सामाजिक विकास
घरमा रहेका परिवारसँग विभिन्न विषयमा कुराकानी गर्ने,
ठूलाबडाबाट कथा तथा पहिलेका घटनाहरु सुन्ने,

पपेट अथवा पुतलीसँग खेल्दै आफूले खुसी, दुख, रिस कस्तो महसूस गर्दैछ बताउने,
अभिभावकले पनि विभिन्न कुरामा आफूले महशुस गरिरहेको कुरा बताउने,
घरका कामकाजमा बालबालिकालाई सघाउने, कसरी गर्ने सिक्ने,
सुत्ने बेलामा कथा सुन्ने वा चित्र कथा हेर्ने ।
त्जष्क ष्mबनभ कजयधक बल ष्ििगकतचबतष्यल या तधय अजष्मिचभल उबिथष्लन तभभिउजयलभ गकष्लन कतचष्लन बलम उबउभच
बौद्धिक विकास
आवाज निकालेर कथाहरू पढ्ने,
उनीहरू आफैं पढ्न सक्दैनन् भने अभिभावकले पढेर सुनाउने,
गीत गाउने,
घरमा भएका सामग्रीसँग खेल्ने,
विभिन्न ध्वनि तथा वस्तुहरु चिन्ने,
विभिन्न विषयमा प्रश्नोत्तर गर्ने, विभिन्न आकार ९गोलो, चारकुने, त्रिकोण० तथा रङहरु भएका घरभित्रका सामानहरुको सुची बताउने वा सकेमा लेख्ने,
खोजमूलक क्रियाकलाप गर्ने,
पजलहरु बनाउने ।
यसका साथसाथै टिभी हेर्ने वा मोबाइलमा खेल्ने वा सुन्ने समय सकभर कम राखौं । दैनिकी पुरा गरेपछि स्याबास भन्नुहोस् वा प्रोत्साहन दिनुहोस् । मुख्य कुरा, अभिभावकले आफ्नो समय बालबालिकालाई दिनुहोस् । उनीहरुको प्रश्नहरुको जवाफ दिनुहोस् । सँगै खेल्नुहोस् । रमाउनुहोस् ।

 

१३ वैशाख २०७८, सोमवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु