Sunrise Bank Long Ad

क्रोएसियाका पेरिसिचले स्पेनविरुद्ध खेल गुमाउने

युरोकप २०२० अन्तर्गत क्रोएसियाका इभान पेरिसिचले स्पेन विरुद्धको नकआउट चरणको खेल गुमाउने भएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि फरवार्ड पेरिसिचले अन्तिम १६ मा स्पेन विरुद्ध खेल गुमाउने भएका हुन् । युरो अन्तर्गत क्रोएसियाले सोमबार स्पेनसँग खेल्दैछ ।

 

क्रोएसियन फुटबल संघले पेरिसिचलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । ३२ वर्षीय पेरिसिच अब १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने क्रोएसियन फुटबल संघले जनाएको छ ।

समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३(१ ले पराजित गर्दा पेरिसिचले पनि गोल गरेका थिए ।

क्रोएसियाका अरु सबै खेलाडी र अफिसियलको रिपोर्ट नेगेटिभ आएको छ ।

क्रोएसिया टिम जुन २७ मा चार्टर फ्लाइटमा डेनमार्कको कोपनहेगन प्रस्थान गर्नेछ । जहाँ क्रोएसियाले स्पेनसँग खेल्नेछ ।

 

१३ असार २०७८, आइतवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु